काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको जबराको राजीनामा माग गर्दै अढाई महिनादेखि चलिरहेको आन्दोलन बुधबार पनि जारी रह्यो । सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश जबराको राजीनामासँगै न्यायाधीशहरूको सम्पति छानबिन गर्नुपर्ने आवाज उठाइएको छ । यसअघि एक सूत्रीय एजेन्डाको रूपमा जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले न्यायालय सुधारका लागि सबै न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका […]