भदौ ३१, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ । यी प्रस्ताव पारितका लागि कम्पनीले आगामी असोज २४ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा बिहान ११ बजे भर्चुअल माध्यमबा गर्ने जानकारी गराएको छ । सधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने पनि कम्पनीले बताएको छ ।
यस आधारमा असोज १० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । लाभांश प्रस्ताव र साधारण सभा गर्ने निर्णय कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।