आइएमई जनरल इन्स्योरेन्सको सभाले  पारित गर्‍यो ७ % बोनस शेयर

वैशाख १२, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय नक्सालमा आयोजित सभाले सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि निष्कासन गर्नेछ ।  सभाले हाल कायम रहेको कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेकोमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  ७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार पुगेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।   

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार (आज) दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज विन नेपाल लघुवित्तको ६७ हजार ६५० कित्ता बोनस शेयर र आइएमई जनरल इन्स्योरेन्सको १० लाख २० हजार ९९० दशमलव ८५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  विन नेपाल लघुवित्तले जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ३३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले माघ ९ गते सम्पन्न साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले चैत ५ गते अन्तिम सम्झौता गरेका हुन् । अब दुवै कम्पनीले विशेष साधारण सभामार्फत मर्जरको प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरी एकीकृत कारोबारको तयारी गर्ने बताएका छन् ।  दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित सम्झौता अनुसारकै समान हैसियतमा गाभिने अन्तिम सम्झौता भएको बताइएको छ । नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी भने हाल रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार छ । यो पूँजीको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । प्रस्तावित बोनससहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा शुक्रवार हुदै

वैशाख ९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारण सभा शुक्रवार वैशाख ९ गते गर्ने भएको छ । सभा लैनचौर बैक्वेट्स लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी गराएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि २०७८ चैत २५ गते देखि २०७९ बैशाख १ गते सुम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत २४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने र लाभांश पाउनेछन्।

आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

चैत २५, काठमाडौं ।  आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस समायोजनपछि नेप्सेले शेयरमूल्य रू. ६०२ दशलमव ८० तोकेको छ । बिहीवार अन्तिम कारोबार मूल्य रू. ६४५ को आधारमा नेप्सेले बोनस शेयरमूल्य समायोजन गरेको हो । यही शेयरमूल्यको आधारमा आइतवारदेखि कम्पनीको शेयर कारोबार खुला हुनेछ । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २०७९ वैशाख ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा लैनचौर ब्याक्वेंट्स लैनचौर काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

चैत २३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत २५ गतेदेखि २०७९ वैशाख ९ गतेसम्म बुक क्लोज गरेकाले चैत २४ गते बिहीवारसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले २०७९ वैशाख ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा लैनचौर ब्याक्र्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने गर्ने जानकारी दिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सद्वारा शेयरधनीलाई लाभांश घोषणा

फागुन ५, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, ६ जेठ २०७८)

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १८ करोड ८५ लाख ४२ हजार नाफा कमाएको छ ।  गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रु. १० करोड ७३ लाख ५३ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानीमा ६९ प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीको वैशाख १२ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त साभाले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । बुधवार कम्पनीको शेयर मूल्य रु. १ हजार ३४५ पुगेको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ६० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७७ दशमलव ६८ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. १ हजार ३४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ३१३ मा टेवा पाउने र महँगिए रु. १ हजार ३७० मा प्रतिरोध पाउने देखिन्छ ।

आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा आइतवार हुँदै

वैशाख १०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आइतवार हुँदैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ ।  सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कानस गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेकोमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।   गत चैत ३१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।