अरुणभ्याली हाइड्रोपावरको १०% बोनस शेयर नेप्सेमा सूचीकृत

पुस २०, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ ।  कम्पनीले मंगलवार उक्त बोनस शेयर वापतका १५ लाख ७२ हजार ३५९ कित्ता शेयर सूचीकृत गराएको हो । बुधवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।  कम्पनीले साधारण सभा र लाभांश  प्रयोजनका लागि असोज ११ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो बोनस शेयर प्राप्त गर्नेछन् ।   कम्पनीले १० प्रतिशत बोनस शेयर पश्चात ५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ । हकप्रद शेयर भने विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र निष्कासनमा आउनेछ ।