ङादी ग्रुप पावरको २० % बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवार सम्म

भदौ १६, काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन  बिहीवारसम्म रहेको छ ।  कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि आगामी भदौ १८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर, काठमाडौंमा साधारण सभा बोलाएको छ ।    

सम्बन्धित सामग्री

डिप्रोक्स लघुवित्तको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँका आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्षको १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रूप दिनेछ ।

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारणसभाको लागि टेलिकमले चैत्र ११ गते शुक्रबारदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउने छन् । हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ […]

नेशनल माइक्रोफाइनान्सको ४५ % बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

पुस २५, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेकाले सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ ६ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा क्रिक रिर्सोट धादिङबेशी, धादिङमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।

स्वाभिमान लघुवित्तको ३२.३०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले भोलि (बिहीवार) गते साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दै छ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु.९ करोड २० लाख ५० हजारको ३२.३०% अर्थात रु.२ करोड ९७ लाख ३२ हजार १ सय ५० बराबरको बोनस शेयर तथा १.७०% अर्थात रु.१५ लाख ६४ हजार ८ सय ५० बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितर...

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बै‌ंकले भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहनुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आइतवारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्ल...

एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ ३१, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने आज बिहीवार अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १ गते देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणको लागि कम्पनीले आगामी असोज १६ गते १५औं साधारण सभा आयोजना गरेको छ ।  सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ ।

एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

भदौ ३०, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (भदौ ३१ गते) सम्म रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १ गते देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएसँगै भदौ ३१ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणको लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा आयोजना गरेको छ ।  सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे बोलाएको कम्पनीले जानकारी गराएको छ ।

राधी विद्युत् कम्पनीको ३६.५० % बोनस शेयर सुरक्षित गर्ने सोमवार अन्तिम दिन

असार १३, काठमाडौं । राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने सोमवार अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गर्ने भएकाले असार १४ गतेभित्र शेयर कायम गर्नुपर्नेभएको हो ।  कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।  विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्षभने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर वाहेक उक्त बोनस शेयर वितरण गर्न लागेको हो । बोनसमा लाग्ने कर भने सम्बन्धीत शेयरधनीहरुलेनै तिर्नुपर्नेछ । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । सोही पूँजीको आधारा कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर भने वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाई निष्कासन हुने हुँदा बुक क्लोजको मिति भने पछि तय हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।