फागुन ३०, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको साधारण सभा कोरम नपुगेपछि स्थगित भएको छ ।
कम्पनीले सोमवार आयोजना गरेको साधारण सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको हो । गणपुरक संख्या नपुगेपछि साधारण सभा रोकिएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले जानकारी दिएका छन् ।
कम्पनीले सञ्चालक समितिमार्फत १८ दशलमव ५२ प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने योजना बनाएको थियो । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि थियो ।
त्यसैगरी अन्य प्रस्तावमा नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने रहेको छ ।