अपि पावरले फागुन १४ गते बोलायो साधारण सभा, लाभांश र हकप्रद शेयर पारित हुँदै

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले फागुन १४ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ ।  माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले बानेश्वर ब्याङ्क्वेट थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  यस वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै ४० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्ने छ ।  कम्पनीको हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशतको दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

नेको इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न, २५ प्रतिशत हकप्रद शेयर पारित

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको विशेष साधारण सभा शुक्रवार सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा काठमाडौं, नक्सालस्थित लिसारा रिसेप्सनमा सभा सम्पन्न भएको हो ।  सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । अब कम्पनीले बीमा प्राधिकरणबाट हकप्रद शेयर निष्कासनको स्वीकृति पाएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ ।  हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

सत प्रतिशत हकप्रद शेयर पारित गर्न अरुण भ्यालीले बोलायो असार ७ मा साधारण सभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न असार ७ गते विशेष साधारण सभा गर्ने भएको छ ।  कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितीको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले विद्युत नियमन आयोगटबाट पूर्व स्वीकृती पाइसकेको छ । अव विशेष साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर र स्वीकृती पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८६ करोड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. ३ अर्ब ७३ करोड भन्दा बढी पुग्नेछ ।

अपर तामाकोशीले आज शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ ।सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष ०७७(७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

मुक्तिनाथ विकास बैंकको विशेष साधारण सभा कात्तिक २३ गते

काठमाडौं, ९ कात्तिक । मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभा कात्तिक २३ गते बोलाएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्ने जनाएको छ […]

नेपाल फाइनान्सको २८औं साधारण सभा सम्पन्न

काठमाडौं, २८ भदौ । नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको सभा बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः १.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पूँजीको १ः०.७० […]

अपि पावरको १८औं साधारण सभा सम्पन्न

काठमाडौं, २७ भदौ । अपि पावर कम्पनी लिमिटेडको १८औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले भदौ २५ गते भर्चुअल माध्यमबाट लाभांश तथा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ […]

राधी विद्युत कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २९ असार । राधी विद्युत कम्पनीको आज (मंगलवार) साधारण सभा हुँदैछ । कोभिडको जोखिमलाई ध्यानमा राखी सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट बोलाएको हो । आज हुने सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल, प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत पारित गर्ने जनाइएको छ । […]

युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै

काठमाडौं, २५ असार । युनियन हाइड्रोपावर लिमिटेडको आज साधारण सभा हुँदै छ । कम्पनीले २ आर्थिक वर्षको सभा एकैदिन गर्न लागेको हो । कम्पनीको सभाले दुई वर्षको वार्षिक प्रतिवेदन विवरणमा छलफल र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । यसको साथै सभाले ६ जना संचालकको निर्वाचन पनि गर्ने भएको छ । संस्थापक […]

अजोड इन्स्योरेन्सको साधारणसभा वैशाखमा, ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव

अजोड इन्स्योरेन्सले बार्षिक साधारण सभा ७ वैशाख मा गर्ने भएको छ । साधारणसभाबाट इन्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव सभाबाट पारित गर्ने समेत जनाएको  हो