भदौ १७, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।