सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक  लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।  सामुदायिक लघुवित्तले असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।