असार ८, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लगानीकर्ताले अव यो शेयर बुधवारबाट खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।