प्रुडेन्सियल इन्स्योरेन्सको ७% बोनस शेयर सूचीकृत

जेठ १८, काठमाडौं । बुधवार नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  कम्पनीको ७ लाख ७५ हजार ९८२ दशमलव ५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वैशाख ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

सम्बन्धित सामग्री

६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ ।

नेप्सेमा ५ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

साउन २२, काठमाडौं । पाँच ओटा अलग अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा शुक्रवार सूचीकृत भएको छ ।  नाडेप लघुवित्त वित्तीय संस्था,प्रुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त वित्तीय संस्था ,फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।  नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५ दशमलव ६० कित्ता,मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९ दशमलव ०१ कित्ता,फरवार्ड लघुवित्तको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ दशमलव शून्य ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  ती पाँच ओटै कम्पनीको बोनस शेयर आइतवारदेखि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नाडेप लघुवित्तले गत वर्षको असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ८ प्रतिशत बोनस शेयर,फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर र रिलायन्स फाइनान्सले वैशाख २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।