सिभिल लघुवित्त र एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

असार २४, काठमाडौं । नेप्सेमा बिहीवार दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सिभिल लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।  सिभिल लघुवित्तको ८१ हजार ८७६ दशमलव ७९५ प्रतिशत बोनस शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  सिभिल लघुवित्तले गत चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने एभरेष्ट इन्स्योरेन्स कम्पनीले जेठ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सम्बन्धित सामग्री

हिमालयन लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख १६ हजार ९३६ दशमलव ८९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  कम्पनीले गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । यसअगाडि कम्पनीको नाम सिभिल लघुवित्त वित्तीय संस्था थियो । नाम परिवर्तन गरी हिमालयन लघुवित्त वित्तीय संस्थाको नामबाट नेप्सेमा कारोबार हुने कम्पनीले जनाएको छ । स्टक सिम्बोल एचएलबिएसएल रहेको छ । त्यस्तै संस्थापक शेयरको लागि एचएलएसबिएसएलपि रहेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ७४९ को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६७४ दशमलव ७७ तोकेको छ । सिभिल लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २८ करोड ८१ लाख २४ हजारको आधारमा ११ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले कम्पनीको बोनसपछिको शेयर मूल्य तय गरिदिएको हो । त्यस्तै फागुन २३ गते ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश पारित गर्न लागेको प्रभु इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले बोनसपछिको शेयर मूल्य तोकेको छ । प्रभु इन्स्योरेन्सले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ५५५ दशमलव ९० को आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ५२० दशमलव ९९ तोकेको हो । सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ७११ दशमलव ८६ तोकेको छ । नेप्सेले कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ८४० को आधारमा मूल्य समायोजन गरेको हो । सबैको लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २७ करोडको आधारमा १८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयर मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीको प्रस्तावित लाभांश बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन ३, काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा मंगलवार चार ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  नेपाल इन्भेष्टमेण्ट बैंक,मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।  नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता,मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता,महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते सम्पन्न साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर, महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

बोनस शेयरको लिस्टिङ ढिलो हुनुमा कम्पनीकै लापरबाही

माघ ९, काठमाडौं । साधारण सभाबाट पारित भएको चार महीना पुग्दा पनि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण(लिस्टिङ) गराएको छैन । उक्त कम्पनीले गत असोज २३ गते साधारण सभा गरेर २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । बुक क्लोज भएकै दिन मूल्य समायोजन भएपनि आफूले पाउने बोनस शेयर हितग्राही खातामा समयमा नै नआउँदा लगानीकर्ता भने निराश हुने गरेका छन् ।  उक्त कम्पनीले गत असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । यसै आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले २० प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन्  । असोजमै साधारण सभा सम्पन्न गरेको नेपाल ल्यूव आयल लिमिटेडले पनि अहिलेसम्म नेप्सेमा बोनस शेयर सूचीकरण गरेको छैन । उक्त कम्पनीले पनि असोज १८ गतेको साधारण सभाबाट ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको थियो । त्यस्तै कात्तिमा साधारण सभा गरेका कतिपय कम्पनीहरुले अझै पनि नेप्सेमा बोनस शेयर सूचीकरण गराएका छैनन् । कतिपयले भने बोनस शेयर सूचीकरण गराएका छन् । बोनस शेयर सूचीकरण नगराउनेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवम् सिमेन्ट्स, कुमारी बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् । साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । त्यस्तै शिवम् शिमेन्ट्सले कात्तिक १६ गते २९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कुमारी बैंकले कात्तिक १६ गते ६ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।  त्यसैगरी स्वरोजगार कात्तिक २७ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो भने सिभिल बैंक लिमिटेडले कात्तिक २८ गते १९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । ती कम्पनीले अहिलेसम्म बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छैनन् ।    कात्तिकमा साधारण सभाबाट पारित बोनस शेयर सूचीकरण गराउने कम्पनीहरु :   कात्तिकमा साधारण सभा गराएका सानिमा बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, गुराँस लघुवित्त, कामना सेवा विकास बैंक, माछापुच्छ्रे बैंक र आशा लघुवित्तले बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छन् । सानिमा बैंकले कात्तिक १४ गते पारित १७ प्रतिशत बोनस शेयर, साग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते पारित १० प्रतिशत बोनस शेयर, सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले कात्तिक १६ गते पारित गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र गुराँस लघुवित्तले कात्तिक २२ गते पारित गरेको १६ दशमलव ९१ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।  त्यसैगरी कामना सेवा विकास बैंकले कात्तिक २३ गते पारित गरेको १८ दशमलव ५० प्रतिशत बोनस शेयर, माछापुछ्रे बैंकले कात्तिक २६ गते पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र आशा लघुवित्तले कात्तिक २७ गते पारित गरेको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गराइसकेका छन् ।    बोनस शेयर सूचीकरण हुन किन लाग्छ समय ?   एउटै महीनामा साधारण सभा गरेका कम्पनीहरुमा पनि कसैले दुई महीनाभित्र नै बोनस शेयर सूचीकरण गराउने गर्छन् भने कतिपयले भने समय लगाउने गरेका छन् । साधारण सभाबाट बोनस शेयर पारित भएपछि पनि नियमन निकायहरुबाट स्वीकृति लिनुुपर्ने व्यवस्था भएकाले समय लाग्ने गरेको कम्पनीको भनाइ छ ।  डिप्रोक्स लघुवित्तका एक कर्मचारीका अनुसार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड (सेवोन) र नेप्सेमा विभिन्न विवरण बुझाउनु पर्ने भएकाले समय लाग्ने गरेको हो । कोभिडले गर्दा नियमन निकायमा कर्मचारी कम आउने गरेकाले पनि त्यसको प्रभाव पर्ने गरेको ती कर्मचारी बताउँछन् ।  उता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरी पराजुली भने कतिपय कम्पनीले सबै प्रक्रिया पुर्‍याएर ल्याउने गरेकाले छिट्टै शेयर सूचिकरण हुने गरेको बताउँछन् ।  उनका अनुसार सरकारको स्वामित्व भएका संस्थाले साधारण सभाबाट बोनस शेयर पारित गरेपछि पनि सरकारको अनुमति अनिवार्य लिनु पर्ने भएकाले समय लाग्ने गरेको छ ।  ‘कतिपय कम्पनीले सबै प्रक्रिया पुर्‍याएर बोनस शेयर सूचीकरण गर्न आएका हुन्छन् । ती कम्पनीको बोनस शेयर सूचीकरण हुन समय लाग्दैन । तर, कतिपयले प्रक्रिया नै नपुर्‍याइ आउँदा प्रक्रिया पुर्‍याउँदा समय लाग्ने गरेको छ’, उनले भने ।  बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय र सेवोनको स्वीकृति पत्र अनिवार्य गरिएको छ । त्यस्सैगरी बीमा कम्पनीको हकमा बीमा समिति, विद्युत् कम्पनीहरुको हकमा विद्युत् नियमन आयोगलगायतको स्वकृति अनिवार्य रहेको बताइएको छ ।

सिभिल लघुवित्तको १०औं वार्षिक साधारण सभा आइतवार हुँदै

कात्तिक २६, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा आइतवार (कात्तिक २८ गते) हुँदैछ । सभा बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षणको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका कात्तिक १४ गते बन्द भइसकेको छ । यस आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

३ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

आज कार्तिक ११ गते बिहिबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेका स्वरोजगार लघुवित्त र आशा लघुवित्त तथा कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha ले कार्तिक २७ गते शनिवार नुवाकोटको ककनीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.३१ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २६ करोड ७१ लाख ३१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले कार्तिक २८ गते आइतबार बिहान ११ बजे त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आह्वान गरेको छ । साधारणसभामा लाभांह सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २१ लाख २१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्तर्गत  कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha  ले  कार्तिक २७ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले जनकपुर लघुवित्तलाई प्राप्ति गरि गत असोज २५ गतेबाट एकिकृत कारोबार सुरु गरकोले लाभांशमा कर छुट पाउने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।  तर एकिकृत कारोबार भएको मिति २०७७/६/२५ पछि कायम शेयरधनीले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीक्जो चुक्ता पुंजी ४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपैयाँ रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गतेदेखि करिक २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

सिभिल लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २८ गते आइतबार बिहान ११ बजे त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आह्वान गरेको हो  । साधारणसभामा लाभांह सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २१ लाख २१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्तर्गत  कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ ।कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २१ लाख २१ हजार रहेको छ ।