सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बिहीवार (आज) सूचीकृत भएको छ । कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  कम्पनीले माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश पारित गरेको थियो । 

सम्बन्धित सामग्री

सिटिजन लाइफसहित तीन कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । तीन कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्सले सम्बन्धित शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएका हुन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत माघ १४ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर पुस २६ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको छ । सो सभाले शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले पनि पुस १३ गते सम्पन्न ७५ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर मंसिर २७ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयर मंसिर १० गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको हकमा भने आफ्नो शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर डिम्याट खातामा जम्मा गराइने कम्पनीले जनाएका छन् ।

४ जीवन बीमा कम्पनीले दिए गत आवको मुनाफाबाट लाभांश , कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुमध्ये चार जीवन कम्पनीमात्रै आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट  लाभांश घोषणा गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन । यी मध्ये एशियन लाइफ ,सिटिजन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् ।  सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस दिएको हो । त्यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४०७८ प्रतिशत नगद लाभांश दिएको हो । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ८४ प्रतिशत नगद लाभांश दिएको हो । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट २३ दशलमव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेको छैन ।

६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४७१ दशमलव ८१ कायम भएको छ ।  बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९५ दशमलव ४० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यका आधारमा आइतवार यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २९ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १४ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने छ ।

सिटिजन लाइफले माघ १४ गते बोलायो साधारण सभा,५.२६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो । उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीको तर्फबाट दुई सञ्चालक निर्वाचनको विषय पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २९ गते बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सिटिजन लाइफको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश घोषणा गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

असोजको तुलनामा कात्तिकमा आधाभन्दा कम धितोपत्र सूचीकरण

काठमाडौं। गएको असोज र कात्तिकको तुलना गर्दा पछिल्लो महीना अघिल्लोको तुलनामा आधाभन्दा कम धितोपत्र दोस्रो बजारमा सूचीकरण भएको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।  नेप्सेका अनुसार असोजमाा १२ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को शेयर, बोनस शेयर र ऋणपत्र गरी १५ करोड १३ लाख ७९ हजार ८१५ कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकरण भएको थियो । उक्त महीना ८ कम्पनीको साधारण शेयर, एक कम्पनीको ऋणपत्र र तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेको तथ्यांकले देखाउँछ ।  असोजमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स फाइनान्सले बोनस शेयर सूचीकृत गराएका थिए । नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको थियो । नेपाल एसबीआई बैंकले विक्री गरेको ९ प्रतिशत ब्याजदरको नेपाल एसबीआई ऋणपत्र २०८९ सूचीकृत भएको हो । असोजमा आईपीओ सूचीकृत गराउने कम्पनीहरू सन नेपाल लाइफ इन्स्योरेन्स, अपर लोहोरेखोला हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर हुन् ।  कात्तिकमा भने तीन कम्पनीको हकप्रद शेयर र दुई कम्पनीको आईपीओ गरी पाँच कम्पनीको ६ करोड ७० लाख ८७ हजार ९६ दशमलव ७२ कित्ता धितोपत्र सूचीकृत भएको छ । असोजको तुलनामा कात्तिकमा झन्डै ५६ प्रतिशत कम धितोपत्र सूचीकृत भएको हो ।  कात्तिकमा सार्वजनिक बिदा बढी परेकाले धितोपत्र सूचीकरण प्रक्रिया कम भएको अनुमान गरिएको छ । कात्तिकमा नेशनल हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स र अपि पावरको हकप्रद शेयर सूचीकृत भएको छ भने सोनापुर मिनरल्स एन्ड आयल र माथिल्लो मैलुङखोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । पछिल्लोपटक धितोपत्रको दोस्रो बजार बन्द हुँदा यो बजारमा तथ्यांकीय सूचक नेप्से १ हजार ८५२ विन्दुमा छ । २०७८ भदौ २ गते ३ हजार २०० विन्दुको ऐतिहासिक कीर्तिमान कायम गरेको नेपालको धितोपत्रको दोस्रो बजार पछिल्लो वर्ष भने घटिरहेको छ । लामो समय बजार घट्नुमा कतिपयले नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा तोकेको सीमालाई दोष लगाएका छन् । यसै विषयलाई लिएर चर्को आलोचना भएपछि केन्द्रीय बैंकले गत असोजमा शेयर धितो कर्जामा तोकेको अधिकतम १२ करोड रुपैयाँको सीमा बढाएको छ । राष्ट्र बैंकले अहिले व्यक्तिगत लगानीकर्ताको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थागतको हकमा अधिकतम २० करोड रुपैयाँसम्मको सीमा तोकेको छ । शेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ता सीमा बढाउँदा पनि खुशी छैनन् । पछिल्लो साताको कारोबारमा भने धितोपत्रको दोस्रो बजार केही सकारात्मक बनेको छ । मङ्सिरका वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । धितोपत्र दोस्रो बजारमा आपूर्ति बढेर बजार प्रभावित बनेको आरोप लागेसँगै नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा केही ढिलाइ गरिरहेको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर मात्र सार्वजनिक निष्कासनको स्वीकृति दिने तयारी बोर्डले गरेको हो ।