सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

वैशाख २४, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।   कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले माघ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

सूर्या लाइफ इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन १८, काठमाडौं । बुधवार नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २८ लाख ७३ हजार ७६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६ दशमलव ९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १५ लाख ३१ हजार २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खाताम आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी, सेञ्चुरी कर्मशियल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सूर्या लाइफ इन्स्योरेन्सको शेयर संरचना सर्वसाधारणतर्फ ९% बढ्ने

फागुन ९, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर संरचनालाई ४९ प्रतिशत कायम गर्ने भएको हो । कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तनका लागि अनुमति प्रदान गरिसकेको छ । यस आधारमा कम्पनीको संस्थापक तर्फको शेयर स्वामित्व ९ प्रतिशत घट्ने भएको छ । ९ प्रतिशत संस्थापक शेयर स्वामित्व सर्वसाधारणमा परिणत हुने हुँदा इच्छा नभएका सदस्यहरुलाई आगामी सात दिनभित्र स्वःघोषणा पत्र पेश गर्न कम्पनीले अनुरोध गरेको छ । यदि तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट स्वःघोषणा पत्र प्राप्त नभएमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिने जानकारी समेत कम्पनीले दिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार रहेको छ । यस वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १२ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सूर्या लाइफले बोनस शेयर र नगद लाभांश दिने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपैयाँ का

सूर्या लाइफ इन्स्योरेन्को १३औं वार्षिक साधारण सभा सम्पन्न, १३.३६% लाभांश पारित

पुस १९, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।  सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।   सभाले चुक्तापूँजीको १२ दशमलव ७० प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै, सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।  संस्थापक शेयरधनी समूह ‘क’ बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा,  विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका हुन् ।  बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार १०० कायम हुनेछ ।

सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको साधारण सभा आज

पुस १९, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण आज (सोमवार) साधारण सभा गर्न लागेका छन् ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/७७ को मुनाफाबाट प्रस्तावित १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले होटल पौवा, सिद्धार्थनगर-६, रुपन्देहीमा दिउँसो २ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तले सोमवार बोलाए साधारण सभा

पुस १८, काठमाडौं । दई ओटा अलग - अलग कम्पनीको साधारण सभा सोमवार पुस १९ गते हुँदैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/ ७७ को मुनाफाबाट प्रस्तावित १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले होटल पौवा, सिद्धार्थनगर-  ६ रुपन्देहीमा दिउँसो २ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

लाभांश पारित गर्न सूर्या लाइफ इन्स्योरेन्सले आह्वान गर्‍यो १३औं साधारण सभा

मंसिर २४, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं साधारण सभा पुस १५ गते आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ११ बजे शुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १२ दशमलव ७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्मका कायम शेयधरनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।