सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीको हितग्राही खातामा आएपछि यो बोनस शेयर खरीदविक्री गर्न सकिनेछ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

सम्बन्धित सामग्री

सिद्धार्थ इन्स्योरेन्सको १२ %  बोनस शेयर सूचीकृत

भदौ १७, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।