नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच टाटा नेक्सन ईभीले व्यवसायिक आक्रामकता बढाएको छ । भित्र्याएको छोटो अवधिमा नै नेक्सन ईभीले नेपाली बजारमा राम्रो पकड बनाउन सफल भएको छ । नेक्सन ईभीका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली.ले हाल नेपाली बजारमा नेक्सन ईभी मात्र एक हजार प्लस बिक्री वितरण भइसकेको बताएको छ भने थप एक हजार २०० प्लस ईभी अहिले पनि बुकिङमा रहेको कम्पनीको दाबी छ । कम्पनीले सन् २०२२ को जुनमा नेक्सन ईभी नेपालमा ल्याए पनि पेट्रोलियममा आधारित ‘नेक्