नेक्सन ईभी ५ भेरियन्टमा विक्री हुँदै, चाँडै म्याक्स मोडल नेपाल आउँदै (मूल्यसहित)

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको टाटा नेक्सन ईभी अहिले सर्वाधिक विक्री हुने मोडल हो । पछिल्ला महिनामा औषत ३ सय यूनिटका दरले विक्री हुँदै आएको नेक्सन अहिले पनि सबैभन्दा धेरै खरिद हुने कार हो । टाटा नेक्सन ईभी कम्बस्चनको तुलनमा कम मूल्य भएकै कारण धेरै मानिसले किन्दै आएका छन् । भारतीय बजारमा […]

सम्बन्धित सामग्री

नयाँ रेन्ज, फिचर र लुक्समा नेपाल आउँदै नेक्सन ईभी

काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सन ईभी नउाँ फिचर, रेन्ज र लुक्सका साथ पुनः बजारमा आउने भएको छ । भारतीय बजारमा बिक्री वितरण हुँदै आएको फेसलिफ्ट नेक्सनको ठूलो ब्याट्री साइज भएको नेक्सन नेपाल आउने भएको हो । ‘अहिले भारतमा नयाँ ४५ किलोवाट आवरको ब्याट्रीमा नेक्सन आएको छ । अब अन्य प्रतिस्पर्धी सरहको रेन्जमा यसले […]

नेपाल आउँदै दुई नयाँ इलेक्ट्रीक एसयूभी, कुनमा कस्ता फिचर ?

काठमाडौं । विद्युतीय कारको उच्च माग रहेकै कारण नेपाली बजारमा एकपछि अर्को मोडल आइरहेका छन् । त्यसमा पनि ५० लाखदेखि ६५ लाख सेग्मेन्टमा धेरै मोडल ल्याइरहेका छन् । अहिले बजारमा चल्तीमा रहेका बीवाइडी एटो ३, एमजी जेडएस ईभी, हुन्डाई कोना ईभी, टाटा नेक्सन ईभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न विभिन्न कम्पनीले नयाँ मोडल ल्याउने क्रमलाई तिब्रता […]

टाटा नेक्सन ईभीको दोस्रो संस्करण नेपाल आउँदै

काठमाडौं (अस) । नेपाली बजारमा  सेडानमध्ये टाटाको टिगोर गाडी बिक्री हुँदै आएको छ । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपंक्तिमा रहेको टाटा टिगोर नेपालमा  सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको थियो । आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि  भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ । झन्डै तीन महिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार तोकिएको छ । नेपाली बजारमा पनि  टिगोर ईभीलाई छिट्टै भित्र्याइने भएको छ । नेपाली बजारमा टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी बिक्री हुनेछन् । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ । टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ । टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो गाडी २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराइए यसको माथिल्लो भाग (रुफ) कालो रंगको हुनेछ । यसको अगाडि भागमा पूरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको  छ । गाडीको पछाडि हेर्ने रिअर भ्यू ऐना पनि फोल्डेबल हुनेछन् । गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायत विशेषता रहेका छन् । टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डरजस्ता विशेषता छन् । टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा टिगोर ईभीको मूल्य तोकिए पनि नेपालमा हालसम्म मूल्य सार्वजनिक गरिएको छैन । नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।