चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता छन् । ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए । त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको समाचारमा उल्लेख गरिएको छ । यस घटनापछि उनी पछिल्लो ...