मंसिर ८, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९४ दशमलव १३ देखि २८२ दशमलव ३९ ओपन रेञ्ज तोकेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २५ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरेर कुल १ करोड ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ । मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बिहिवारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
त्यसैगरी कम्पनीले सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटलबाट हुने नेप्से मार्फत जानकारी गराएको छ ।