यम बुद्धको नाममा १ करोड ५० लाखको पार्क बनाउँदै महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले १ करोड ५० लाख खर्चेर र्‍यापर यम बुद्धको नाममा पार्क निर्माण गर्ने भएको छ। महानगरपालिका वडा नम्बर १६ नयाँ बजारमा रहेको जग्गामा पार्क बनाउने तयारी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।महानगरको ७ रोपनी जग्गामा १ करोड ५० लाख बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। यसअघि यम बुद्धको सालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो।उक्त निर्णयले महानगर विवादितसमेत बनेको थियो। सामाजिक सञ्जालमा चर्का