१ करोड ५० लाखसहित काठमाडौंबाट हुन्डी कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो । बागफस्थित  कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख  नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए । यसबारे थप अनुसन्