आईएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण

काठमाण्डाै – आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेशनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण...