पाटन विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख

बैतडी । बैतडीको पाटनस्थित बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख ४४ हजार २४७ रुपियाँ बजेट विनियोजन भएको छ । बहुवर्षीय आयोजनाअन्तर्गत सो बजेट विनियोजन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको हो । […]