सप्तकोशी बैंक घोटाला प्रकरण : धितोपत्र बोर्डलाई घुस दिन भन्दै १ करोड ५० लाख रकम निकालियो

सप्तकोसी बैंकका सिइओसहित १२ जनाले १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा मुद्दा दर्ता भइसकेको छ । उच्च अदालत विराटनगरले आज प्रतिवादी बैंकका सिइओ नवीन सुवेदीको बयान लिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अदालतमा पेस गरेको मिसिलमा सुवेदीले धितोपत्र बोर्डलाई घुस दिन भन्दै दुई पटकमा १ करोड ५० लाख रकम लिएको उल्लेख छ ।अभियोगपत्रको पेज नम्बर ६ मा हिमाल भट्टराईको बयानमा सो कुरा उल्लेख गरिएको छ । ‘अचानक आजभन्दा करिब ३ महिना अगाडि फेरि पनि धितोपत्र बोर्डलाई घुस दिनुपर्ने भय