कोरोना नियन्त्रणमा भारतलाई ट्विटरको १ करोड ५० लाख मिलियन डलर सहयोग

एजेन्सी। कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई माइक्रोब्लगिङ साइट ट्विटरले १ करोड ५० लाख डलर सहयोग दिने भएको छ। ट्विटरका प्रमुख कार्यकारी प्याट्रिक डोरसीले सोमबार ट्विटमार्फत् यो घोषणा गरेका हुन्। डोरसीका अनुसार यो रकम तीन गैरसरकारी संस्था केयर, एड इन्डिया तथा सेवा इन्टरनेसनल यूएसएमार्फत् दिइने छ। ट्विटरको सहयोगबाट अक्सिजल, पीपीई किट र अन्य जरुरी सामग्री खरिद गरिने बताइएको छ।

सम्बन्धित सामग्री

आईएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण

काठमाण्डाै – आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेशनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण...

आइएमई ग्रुपद्वारा भूकम्प प्रभावितलाई एक करोड पचास लाख सहयोग

काठमाडौं । आइएमई ग्रुपद्वारा भुकम्प प्रभावितलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ । आइतबार ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितलाई १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो । […]

डोटीको केदारअखडा र गराजुमा सोलार विद्युत् वितरण

डोटी - सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग तथा बोगटान फुड्सिल गाउँपालिकाको पहलमा वडा नं २ को केदारअखडा तथा गराजु गाउँमा सोलार विद्युत् वितरण गरिएको छ । प्रदेश सरकारको १ करोड ५० लाख रुपैयाँको लगानीमा केदारअखडा तथा गराजु गाउँका नागरिकका लागि सोलार विद्युत् वितरण गरिएको हो। गाउँमा विद्युत् वितरण गरिएपछि वर्षौँदेखि अन्धकारमा बस्दै आएका केदारअखडा तथा गराजु गाउँका एक सय घरधुरीका नागरिकहरुलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, 'गाउँमा विद्युत् नहुँदा ...

एकीकृत कृषि बजार तयार हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उपज बजारीकरणका लागि एकीकृत कृषि बजार निर्माण गरिरहेको छ । नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुरको सहयोगमा उक्त संरचना निर्माण गरिरहेको हो । नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले एकीकृत कृषि बजारमा १ सय ५० सटर निर्माण हुने बताए । उनका अनुसार नगरपालिकाले सय सटर केन्द्रसँगको सहकार्यमा र बाँकी आफ्नै स्रोतबाट निर्माण गरिरहेको छ । भीमदत्त–४ को खुलामञ्चनजिकै एकीकृत कृषि बजारको संरचना निर्माणका लागि दुई छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ । ५० सटरका लागि एमडी कन्सट्रक्शनसँग १ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सय सटर निर्माणका लागि एमके/निरज जेभीसँग ३ करोड ९६ लाखमा सम्झौता भएको छ । दुवै योजनाको ५० प्रतिशत निर्माण सम्पन्न भइसकेको इञ्जिनीयर भट्टको भनाइ छ । योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य छ । नगरपालिकाले कृषि उपज बजारीकरणका लागि उक्त संरचना निर्माण गरेको नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार संरचना निर्माण भएपछि सबै किसिमका कृषि उत्पादनलाई एकीकृत गरी बजार व्यवस्थापन गरिनेछ । नगरपालिकाले कृषि उत्पादन बढाउन एक वडा एक उत्पादन, पकेट क्षेत्र कार्यक्रम, कृषि अनुदान, सहकारी क्षेत्रसँग सहकार्य लगायत काम गरिरहेको छ । बजार निर्माण भएपछि नगरपालिकाको आन्तरिक स्रोत पनि बढ्ने अपेक्षा छ ।

काँग्रेस महाधिवेशनः कसले कति गरे आर्थिक सहयोग ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत निर्वाचनको प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि कार्यकर्ताबाट कुनैपनि शुल्क नउठाएको काँग्रेसले खर्चको व्यवस्थापन कसरी गर्दैछ भन्ने चासो छ । केही व्यवसायीहरुले गोप्य रुपमा चन्दा दिएको पनि बताईएको छ ।महाधिवेशनमा ३ करोड खर्च हुने अनुमान गरिएकोमा हालसम्म १ करोड ५० लाख रुपैयाँ दाताबाट मात्रै उठेको छ । काँग्रेसकै नेतासमेत रहेका नेपालका एक मात्र अर्बपति बिनोद चौधरीले २५ लाख दिएका छन् । देउवाले आफू प्रधानमन्त्री बने लगत्तै स्वास्थ्य राज्यमन्त्री बनाएका मेडिकल कलेज चलाउने व्यापारी उमेश श्रेष्ठले पनि २५ लाख दिएका छन् । निर्माण व्यवसायी (ठेकेदार)समेत रहेका काँग्रेस नेता जिपछिरिङ लामाले पनि २५ लाख दिएका छन् । काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि मोटै रकम दिएको खुलेको छ । उनले १० लाख रुपैयाँ आफ्नो व्यक्तिगत तर्फबाट दिएको बताईन्छ । ठूला व्यवसायिक घरानाले पनि गोप्य रुपमा चन्दाकै शैलीमा रकम दिएका छन् । चौधरी समूहले बिनोद चौधरीले दिएको २५ लाख बाहेक पनि केही रकम दिएको दाबी स्रोतले गरेको छ । गोल्छा अर्गनाइजेशबाट पनि सहयोग आएको दाबी काँग्रस निकट स्रोतको छ ।गैरसकारी संस्था चलाउने काँग्रेसका शुभेच्छुकहरुबाट पनि यथेष्ट सहयोग आएको बताइन्छ । ठूला एनजीओकर्मीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेका छन् । हालसम्म मोटो रकम मात्रै १ करोड ५० लाख उठेको दाबी स्रोतको छ ।‘सानोतिनो सहयोग २० हजार, ४० हजार पनि आएको छ’ स्रोतले भन्यो, ‘सबै जोड्दा करिब करिब डेढ करोड उठ्या छ, खर्च बढ्न सक्ने पनि देखिएको छ । शुभेच्छुकहरुले पार्टीको महाधिवेशन सफल बनाउन आर्थिक सहयोग गरेको विषय नौलौ होइन, हामीले खुलम् खुल्ला अरुले जस्तो कार्यकर्ताबाट पैसा उठाएनौँ, नपुगेको खर्च पार्टीले ब्यहोर्छ ।’

विदेशका रोटरीको सहयोग नेपालमा भित्रियो

सामाजिक संस्थाका रूपमा परिचित रोटरी क्बलले नेपालमा हाल कोरोना महामारीलाई रोकथाम र नियन्त्रणमा थोरै भए पनि सहयोग पुराउने उद्देश्यले विदेशबाट समेत स्वास्थ्य सामग्री भित्राएको छ । ताइवान, क्यानाडा, अमेरका, चाइना र नेपालमा रहेका रोटरीयनहरूको सहयोगमा पोखरा र काठमाडौंमा करिब १ करोड ५० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गर्न सुरु गरिएको रोटरी क्लब अफ पोखराका […]

भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि थप साढे एक करोड

२ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आइतबार थप १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । यसअघि महानगरले ५० लाख रकम सहयोग गरेको थियो । रंगशाला निर्माणका लागि महानगरले …

कोरोना रोकथामसम्बन्धी कोषमा राष्ट्रिय वाणिज्य बैंकको डेढ करोड सहयोग

राष्ट्रिय वाणिज्य बैंकले कोरोना उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग

जर्मनीले ऊर्जा विकासमा सहयोग थप्ने

जर्मनीले नेपालको ऊर्जा विकासमा थप १ करोड ५० लाख युरो (करिब १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ) आर्थिक सहायता दिने भएको छ । काठमाडौंस्थित जर्मन दूतावासले सोमबार विज्ञप्ति जारी गरी नेपाललाई थप आर्थिक अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।