आइएमई जनरल इन्स्योरेन्सले आइतवारदेखि ४०% हकप्रद शेयर निष्कासन गर्दै

फागुन २०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइतवारदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ ।  यस आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ । यस हकप्रद शेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एपमार्फत पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर त्रिपलबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रुपमा मध्यम जोखिम रहेको देखाउँछ । 

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद शेयर निष्कासनमा

फागुन २२, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज (आइतवार) देखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।  कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।  उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ ।  यस आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ । यस हकप्रद शेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एपमार्फत पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर त्रिपलबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रुपमा मध्यम जोखिम रहेको देखाउँछ ।

४०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा आइएमई जनरल इन्स्योरेन्स

फागुन ३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हालसम्ममा कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने प्रकाशित गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी रू. १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महीनामा अर्थात् दोस्रो त्रैमाससम्ममा रू. १२ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने १९ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड २ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १९ करोड ७३ लाखमा झरेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. ३० करोड ४२ लाख र बीमा कोषमा रू. ५३ करोड ५ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको कुल बीमाुशल्क आर्जन गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७१ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८२ करोड ६६ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९७, मूल्य आम्दानी अनुपात ५३ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ११ रहेको छ ।

नेप्सेले गर्‍यो आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

माघ २७, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले कम्पनीले निष्कासन गर्न लागेको ४० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १०७ को आधारमा ४० प्रतिशत हकप्रद शेयरपछिको मूल्य रू. ८१९ दशमलव २९ तोकेको हो ।  आइतवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि फागुन १ गते (एक दिन) बुक क्लोजको मिति तोकेकाले माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले ४० प्रतिशत आर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज मिति तय गरेको हो । कम्पनीले रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हालसम्म कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन ।

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

माघ २५, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले बिहीवार (माघ २७ गते) सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीले ४० प्रतिशत आर्थात १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदलाई इक्राएनपीआई आर ट्रिपल बी रेटिङ

असोज १९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।  कम्पनीले १० : ४ अनुपातमा अर्थात् ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि रेटिङ गराएको हो । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपीआई आर ट्रिपल बी रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङले कम्पनीले वित्तीय दायित्वहरु समयमा पुरा गर्ने खण्डमा सुरक्षित रहेको देखाउँछ । कम्पनीले ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि उक्त हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ ।

आइएमई जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, ६ जेठ २०७८)

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १८ करोड ८५ लाख ४२ हजार नाफा कमाएको छ ।  गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रु. १० करोड ७३ लाख ५३ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानीमा ६९ प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीको वैशाख १२ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त साभाले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । बुधवार कम्पनीको शेयर मूल्य रु. १ हजार ३४५ पुगेको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ६० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७७ दशमलव ६८ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. १ हजार ३४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ३१३ मा टेवा पाउने र महँगिए रु. १ हजार ३७० मा प्रतिरोध पाउने देखिन्छ ।

आइएमई जनरल इन्स्योरेन्सको सभाले  पारित गर्‍यो ७ % बोनस शेयर

वैशाख १२, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय नक्सालमा आयोजित सभाले सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि निष्कासन गर्नेछ ।  सभाले हाल कायम रहेको कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेकोमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  ७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार पुगेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।