माघ २५, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले बिहीवार (माघ २७ गते) सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले ४० प्रतिशत आर्थात १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।