माघ २१, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज मिति तय गरेको हो ।
यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।