चैत १३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज (आइतवार) रहेको छ । कम्पनीले १०:४ अनुपातमा रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर फागुन २२ गतेदेखि निष्कासन गरेको हो ।
कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
आइतवार बैंकिङ समयसम्म शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ । कम्पनीले निष्कासन गरिरहेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बि रेटिङ प्रदान गरेको हो ।
यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
चैत ११, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आइतवार रहेको छ । कम्पनीले १०:४ अनुपातमा रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर फागुन २२ गतेदेखि निष्कासन गरेको हो ।
कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गते सम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
आइतवार बैंकिङ समयसम्म शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ । कम्पनीले निष्कासन गरिरहेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बि रेटिङ प्रदान गरेको हो ।
यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार यस हकप्रद शेयरमा शुक्रवार बिहान १० बजेसम्म १२ हजार २८६ जनाले १२ लाख ३ हजार ९१६ कित्ता हकप्रद शेयरको लागि आवेदन दिएको जानकारी गराएको छ ।
फागुन २२, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज (आइतवार) देखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ ।
यस आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ । यस हकप्रद शेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एपमार्फत पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर त्रिपलबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रुपमा मध्यम जोखिम रहेको देखाउँछ ।
फागुन २०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइतवारदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ ।
यस आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ । यस हकप्रद शेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एपमार्फत पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर त्रिपलबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रुपमा मध्यम जोखिम रहेको देखाउँछ ।
फागुन ३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनी ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।
विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ ।
उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हालसम्ममा कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने प्रकाशित गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी रू. १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महीनामा अर्थात् दोस्रो त्रैमाससम्ममा रू. १२ करोड १३ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको यसै अवधिको तुलनामा भने १९ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड २ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १९ करोड ७३ लाखमा झरेको हो ।
सो अवधिमा कम्पनीले जगेडामा रू. ३० करोड ४२ लाख र बीमा कोषमा रू. ५३ करोड ५ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको कुल बीमाुशल्क आर्जन गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७१ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८२ करोड ६६ लाख पुगेको हो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९७, मूल्य आम्दानी अनुपात ५३ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ११ रहेको छ ।
काठमाडौं, २१ माघ । आइएमई जनरल इन्सुरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले फागुन १ गतेका लागि बुक क्लोज मिति तोकेको हो । माघ २९ गते सम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले […]
पुस ३०, काठमाडौं । चार ओटा कम्पनी कुल २ करोड ४२ लाख २२ हजार ३९० दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै चार ओटा कम्पनी आईपीओ ल्याउने तयारीमा रहेका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले १०:३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ २५ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १०:४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डमा भदौ १७ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, अपि पावर कम्पनीले १:०.३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल फाइनान्स लिमिटेडले १:०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक १ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यी चारओटै कम्पनीलाई समीक्षा र टिप्पणी पठाइसकेको छ ।
आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र यी चार कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछन् ।
असोज महीनादेखिनै नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहान भएसँगै आईपीओ लगायत हकप्रद शेयर निष्कासनका लागि स्वीकृत दिने प्रक्रिया ढिलाइ भएको हो ।
पछिल्लो समय सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिक्ष्मराज ढुङ्गाना बर्खास्त भएका थिए । दुई कम्पनीले भने हकप्रद शेयर निष्कासनको मिति तय गरिसकेका छन् ।
नारायणी डेभलपमेण्ट बैंकले भने पुस ७ गतेदेखि रू. १०० अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । यो हकप्रद शेयरमा आवेदकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गतेदेखि ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन बन्द मिति माघ २७ गतेसम्म रहेको छ ।
विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरेको हो । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
भदौ १८, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७६ लाखको ४० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १ बराबर शून्य ४ अनुपातमा हकप्रद निष्कासन गर्न निवेदन दिएको हो । उक्त हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।