फागुन २२, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज (आइतवार) देखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ ।
यस आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ । यस हकप्रद शेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एपमार्फत पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर त्रिपलबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रुपमा मध्यम जोखिम रहेको देखाउँछ ।