४०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा आइएमई जनरल इन्स्योरेन्स

फागुन ३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हालसम्ममा कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने प्रकाशित गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी रू. १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महीनामा अर्थात् दोस्रो त्रैमाससम्ममा रू. १२ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने १९ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड २ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १९ करोड ७३ लाखमा झरेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. ३० करोड ४२ लाख र बीमा कोषमा रू. ५३ करोड ५ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको कुल बीमाुशल्क आर्जन गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७१ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८२ करोड ६६ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९७, मूल्य आम्दानी अनुपात ५३ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ११ रहेको छ ।

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटलबिच सम्झौता

काठमाडौं, १० असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सिच्युट लिमिटेडबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट […]

आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टरबीच संझौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टरबीच बिभिन्न किसिमका स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सोमबार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्नुभयो । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई […]

नेशनल पेमेन्ट स्वीचमा जोडियो आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउससँग जोडेको छ । भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा लैजाने उद्देश्यका साथ कम्पनीले बुधबार क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका...

आइएमई जनरल इन्स्योरेन्स एनपीआईमा आबद्ध

काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको […]

क्लियरिङ हाउसमा अब आइएमई जनरल इन्स्योरेन्स पनि

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउससँग जोडेको छ । भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा लैजाने उद्देश्यका साथ कम्पनीले बुधबार क्लियरिङ हाउससँग सम्झौता गरेको हो । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका सीईओनीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्

आइएमई जनरल इन्स्योरेन्स र  पर्यटन बोर्डबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका सिइओ युगेशभक्त बादे श्रेष्ठ र बोर्डका सिइओ धनञ्जय रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि बोर्डका सम्पूर्ण...

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ति तथा सवारीसाधनहरू सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।&n

आइएमई जनरल इन्स्योरेन्स र पिक–मीबीच बीमा सेवासम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्य

आइएमई जनरल इन्स्योरेन्स र पिक–मी बीच बीमा सेवा सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।  पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

यही अक्टोबर ७ मा भारतको मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स सम्मानित भएको छ । कम्पनलाई एशियन बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मान गरिएको हो । कार्यक्रममा सहभागी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहलाई सन्तुष्ट हुनेगरी सेवा दिएबापत कम्पनीलाई सफलता मिलेको बताए […]