बा, के गर्नुपर्छहजुरको जस्तै कविता लेख्न ?बा के भनिदिनुस् न के गर्नुपर्छहजुरले नलेखेको कविता लेख्न ? भृकुटीमण्डपबाट लामा–लामापाइला सराउँदैमैतीदेवी पुगेको ममेरो कानमा गुन्जिरहेको थियोकाकाको आवाजर नाचिरहेको थियो आँखाहरूमास्कूल पढ्ने बेलामा देखेकोहजुरको एक थान तस्वीरमैले स्पष्ट बुझिन्कानमा गुञ्जिरहेको काकाको आवाजत्यो आवाजमा धुक् धुक् हुँदै थियोदेवकोटा जस्तै कविको खोजी । म गएको थिएँत्यो घरका भित्ताहरूमाहजुरका हत्केलाका छाप हेर्ने आशामातर, अपसोच !घरको मूलढोकामैलगाएको थियो कालो एक ताला