लक्ष्मण गाम्नागेका दुई व्यङ्ग्य कविता (भिडियाे)

सिस्नुपानी नेपालको कार्यक्रममा ‘बा’ शीर्षकमा उनले प्रस्तुत गरेको कविताले पनि राम्रै चर्चा र तारिफ पाएको थियो । हास्यव्यङ्ग सिर्जनामार्फत नेतृत्वलाई खबरदारी र नागरिकलाई सचेत गराउने काममा उनको महत्त्वपूर्ण योगदान छ ।

सम्बन्धित सामग्री

शारदीय काव्य उत्सवमा दसैँको पीडा

काठमाडौँ  – त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा आज यहाँ सम्पन्न ‘शारदीय काव्य उत्सव’ मा कविले बिदेसिएकाको पीडादेखि मानवीय र महिलालक्षित विभेदसम्मका कविता वाचन गरे। हरेक वर्ष झैँ यस वर्ष पनि बडादसैँका अवसरमा आयोजित कार्यक्रममा २५ जना कविले मुलुक छाड्नु नै गौरव ठानेकाका तथा सत्ताको राजमार्गमा पुगेपछि भिर र गोरेटो बिर्सनेप्रति व्यङ्ग्य गर्दै गरिबले दसैँ मनाउन नसकेको […]

देशको अवस्थाबारे व्यङ्ग्य गरेर सरकार झकझकाउँदै

काठमाडौं।गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका छन्।यसै क्रममा श्रीकृष्ण सिंखडाले चोटिला–चोटिला व्यंग्य कविता सुनाएका छन्।

शालीन कवितामा प्रखर व्यङ्ग्य

पाेषण पाण्डे नेपाली कथाका सुपरिचित स्रष्टा हुनुहुन्छ । साहित्यमा उहाँको योगदान कसैले बिर्सनै सक्तैन । अझ उहाँको विरासत थाम्ने सुपुत्रीहरू डा. ज्ञानु पाण्डे र रञ्जु पाण्डेको योगदान पनि नेपाली साहित्यले बिर्सन सक्दैन । पोषण पाण्डेको यही साहित्यिक योगदान बिस्तारै बिर्सिएला भन्ने चिन्ता उहाँको परिवारमा देखियो । त्यसको प्रतिफल एउटा संस्था जन्मियो, त्यो हो पोषण पाण्डे–तीर्थ सदन । यसको मूल उद्देश्य भनेकै पोषण पाण्डेका साहित्यिक कृति तथा योगदानलाई अझै जनमानसमा पु¥याउने नै हो । त्यसैको प्रतिफल हो– पोषण पाण्डेको कविता कृति ‘मेरी नैनी’ । धेरैलाई थाह छ पोषण पाण्डे कथाकारका रूपमा परिचित छन् । कथा व्यक्तित्वले उहाँको कवितालाई ओझेल पारिदिएको थियो । नेपाली साहित्यमा उहाँको कविता कृति २०२५ सालमा प्रकाशित भएको थियो । तर कथा कृति भने २०२१ सालमै प्रकाशित भएको थियो । उहाँको हालसम्म कथासङ्ग्रह तीन र कवितासङ्ग्रह दुई गरी पाँच वटा कृति प्रकाशित छन् । ‘मेरी नैनी’ उहाँको छैटाँै कृति हो ।

प्रचण्डलाई व्यङ्ग्य गर्दै महेश बस्नेतले संसदमा सुनाए यस्तो ‘कविता’

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सोमबारको प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरे । युवा संघका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले प्रचण्डमाथि व्यङ्ग्य गर्दै संसदमा लिखित कागज वाचन गरे ।सम्माननीय सभामुखज्यू भनेर प्रस्तुत भएका बस्नेतले कुनै भूमिका बाँधेनन् । उनले माओवादी केन्द्रका अध्यक्षको नाम पनि...

ज्योति साहित्यको ‘कविता यात्रा’ कविहरुले राखे व्यङ्ग्य तथा कविता

काठमाडौं । हरेक साता ‘कविता यात्रा’ नाम साहित्यिक कार्यक्रम गर्दै आएको ज्योति साहित्य प्रतिष्ठानले आफ्नो यात्राको १७५ औँ श्रृखला शुक्रबार आयोजना गरेको छ । भर्चुअल माध्यमबाट प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न यात्रामा यात्रामा शुक्रबार प्रमुख अतिथिका रुपमा कवि तथा ब्यङ्ग्यकार रामकुमार पाँडे नर्वेको ओस्लोबाट जोडिएका थिए ।साहित्यकार स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ  कवि कलानिधि दाहाल रहेको यो श्रृंखलामा कविहरुमा महेश खरेल, लक्ष्मीप्रसाद मिश्र,  च

व्यङ्ग्य प्रहारको झिल्को

गद्य कविताका अनुरागी सचेत पाठक हृदयमा स्वतःस्पूmर्त खुल्दुली जन्माएर तरङ्गित बनाउने बडो पृथक् शीर्षकमार्पmत जन्माएको गद्य कविता सङ्ग्रह हो– ‘नदी बग्दैन’ । प्रस्तुत अमर काव्यपुञ्जका काव्यकार हुनुहुन्छ चर्चित कवि श्याम रिमाल । सपेराले साँपलाई द्रष्टा आँखामा जादुगरी चमत्कार खेल देखाएजस्तै बडो नवीन एवं पृथक् शैलीमा काव्य रचनाहरू प्रस्तुत गर्नुभएको छ कवि रिमालले । गद्य कविताका वर्तमान प्रतिनिधि कवि रिमाललाई गनिएका कवि शिल्पकार हुनुहुन्छ भनी चिनाउनु जरुरी छैन । प्रौढ परिपक्व उमेरले नेटो नकाटेको लेखकीय मापनलाई सहजै चुनौती दिन्छ ।