परदेशीको कथा (कविता)

बा थलिएको वर्षौं भएको छ । आमाको किमो चल्दैछ । खेतबारी बाँझो परेको छ । छानो चुहिएको  खबर आँसु चुहाउँदै भाइले पटकपटक सुनाउँदै गरेको धेरै भो ! साथीसङ्गी पढ्न शहर गयो दाइ भन्दै बहिनीले आफ्नो इच्छा जाहेर गर्दैछ । मुखिया बा ऋणको ब्याज बुझ्न धाएको कुरा थलिएका बाको थकित आवाजले सुनाउँछ ।