एउटै बाटोमा छोरो कुकुर डोर्याउँदै हिँड्छ हामी लट्ठी समाउँदै हिँड्छौँ कहिलेकाहीँ त छोराले हात समाएर हिँडाइदियोस् अलिक परसम्म जस्तो लाग्छहामी बूढाबूढी भइसकेको बा आमाको हात समाउन कहाँ फुर्सद छ र उसलाई तर त्यही छोरो हो कुनै समय उसलाई हामीले यही बाटोमा हिँड्न सिकाएका थियौँ ।समयसँगै उसले नाप्यो अलिकति शिक्षा,अलिकति व्यापार तर उसको मस्तिष्कले कहिल्यै बुझेन माटो मर्दैन, मर्ने त बिरुवा हो । के पढेर आयो खै उसले विद्यालयमा ? मैले त उसलाई