विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका ह