सत्ता गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उलंघन गरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उलंघनमा लागेको विद्यार्थीहरुले आरोप लगाए ।  अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बिहीबारदेखि सत्ता गठबन्धन निकट विद्यार्थीले राष्ट्रपतिविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने नि