यातायात भाडा वृद्धि विरुद्ध आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनको घोषणा

सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनले घोषणा गरेका छन्।  आज अखिल (छैठौं ) को कार्यकालमा वसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो ।पाँच विद्यार्थी संगठनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ-' भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।'   साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार