प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड (Prabhu Insurance Limited)ले ६ दशमलव ७० प्रतिशत बोनस शेयर (Bonus Share) वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभा (AGM)बाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो ।  गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांशसमेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ ।  कम्पनीले लाभांश (Dividend) तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । फागुन ११ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा उक्त बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको खण्डमा फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. १ अर्ब ३७ करोड ६१ लाख २२ हजार कायम भएको छ ।  

सम्बन्धित सामग्री

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बिहीवार (आज) सूचीकृत भएको छ । कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  कम्पनीले माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक  लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।  सामुदायिक लघुवित्तले असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीको हितग्राही खातामा आएपछि यो बोनस शेयर खरीदविक्री गर्न सकिनेछ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सको ७% बोनस शेयर सूचीकृत

जेठ १८, काठमाडौं । बुधवार नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  कम्पनीको ७ लाख ७५ हजार ९८२ दशमलव ५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वैशाख ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

जेठ ३, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।  कम्पनीले उक्त बोनस शेयर बापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस शेयर मंगलवार दोस्रो बजारमा सूचीकृत गराएको हो ।  बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

सिद्धार्थ इन्स्योरेन्सको १२ %  बोनस शेयर सूचीकृत

भदौ १७, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । […]

हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

साउन ३, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित  गरेको ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सिभिल लघुवित्त र एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

असार २४, काठमाडौं । नेप्सेमा बिहीवार दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सिभिल लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।  सिभिल लघुवित्तको ८१ हजार ८७६ दशमलव ७९५ प्रतिशत बोनस शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  सिभिल लघुवित्तले गत चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने एभरेष्ट इन्स्योरेन्स कम्पनीले जेठ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

शिखर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

जेठ ११, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।