नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

जेठ ३, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।  कम्पनीले उक्त बोनस शेयर बापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस शेयर मंगलवार दोस्रो बजारमा सूचीकृत गराएको हो ।  बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company ले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रहेको छ । कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १ सय ५२ को १५ प्रतिशतको दरले बोनस शेयरको रुपमा ६० करोड ५२ लाख ७३ हजार ७ सय २३ रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने, तथा प्रस्तावित उक्त वोनस शेयरमा लाग्ने कर रकमका लागि ०.७८९ प्रतिशतका दरले हुन आउने ३ करोड १८ लाख ५६ हजार ५ सय १२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेशनल लाइफको साधारणसभा : १९ प्रतिशत बोनस र नगद लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंह अध्यक्षतामा कम्पनीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बापतको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभा‌श पारित गरेको छ ।सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेपनि प्रतिष्पर्धात्मक बजार एवम्‌ नियामकीय प्रयासहरू साथै बीमितको

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २८ फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते (आइतवार) हुँदैछ । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ती […]

नेशनल लाइफ इन्स्योरेन्सको ३३औं वार्षिक साधारण सभा आइतवार हुँदै

फागुन २७, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा आइतवार (फागुन २९ गते) हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेप्सेले गर्‍यो नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

फागुन २०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले शुक्रवार कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २० को आधारमा १९ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८५७ दशमलव १४ तोकेको हो । कम्पनीले यस वर्ष शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ । सभा कम्पनीको केन्द्रीय भवन लाजिम्पाटमा बिहान १०:३० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । आइतवार समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।

नेशनल लाइफ इन्स्योरेन्सले फागुन २९ मा बोलायो वार्षिक साधारण सभा

फागुन १६, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ ।  कम्पनीले सभा केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० : ३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

३५ औं वर्षमा प्रवेश गर्‍यो नेशनल लाइफ इन्स्योरेन्स

यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लगेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  ।