चन्दननाथ नगरपालिका नगर शिक्षा योजना निर्माणमा जुट्दै

चन्दननाथ नगरपालिका नगर शिक्षाको पञ्चवर्षीय योजना निर्माण बनाउनमा जुटेको छ । नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्नका लागि पञ्चवर्षीय नगर शिक्षा योजना बनाउन थालेको नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना सुरु गरिएको छ । उनले भने, “नगर शिक्षा योजनाका लागि नगर प्रमुख राजुसिंह कठायतको संयोजकत्वमा नौ सदस्यीय मूल निर्माण समिति र शिक्षा शाखा प्रमुख चौलागाईंको नेतृत्वमा छ सदस्यीय कार्यदल समिति गठनसमेत गरिएको छ ।”

सम्बन्धित सामग्री

दुईसय घरधुरीको स्वास्थ्य बीमा, बत्ती र पानीको शुल्क वडाले  तिर्ने

जुम्ला : चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष बिर्खबहादुर कार्कीले वडा भित्रका प्रत्येक घरधुरीमा निशुल्क स्वास्थ्य बीमा सहित बत्ती र पानीको शुल्क वडाले तिर्ने बताए।नागरिककाे स्वास्थ्य नै पहिलो धन हो भन्ने महत्वलाई आत्मसात गर्दै निशुल्क स्वास्थ्य बीमाको ब्यवस्था गरिएको उनले बताए।त्यस्तै वडा भित्रका गरिब, दलित तथा जेहेन्दार वालवालिकाहरुलाई कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिने निर्णय गरिएको छ। गरिब, दलित, जेहनदार र प्रतिभाशाली विद्यार्थीहरूको उच्च शिक्षा

जुम्लाको पालिकामा एमालेको घोषणापत्र  ः १२ कक्षासम्म नि:शुल्क शिक्षा

जुम्ला : नेकपा एमालेबाट चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन्। रोकायाले घोषणापत्रमा नगरपालिकामा कक्षा १ देखि १२सम्म अनिवार्य र निःशुल्क शिक्षा लागु गर्ने उल्लेख गरेका छन्।यस्तै न्यून आय भएका बालबालिकाका लागि शैक्षिक राहत कोष स्थापना गर्ने घोषणा गरिएको छ। यस्तै १२ कक्षा सकेका विद्यार्थीका लागि डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि नगरपालिकाले नै व्यवस्था गर्ने बताइएको छ। तरसुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगर

चन्दननाथमा एमालेको घोषणापत्र : १२ कक्षासम्म निःशुल्क शिक्षा

१९ वैशाख, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेबाट चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षा अध्ययनका लागि स्थानीय तहले व्यवस्था मिलाउने उल्लेख छ । घोषणापत्रमा उक्त […]

युनेस्कोकाे टाेली जुम्लामा

जुम्ला- जीवन रुपान्तरण गर्ने शिक्षा लागु गर्नका लागि युनेस्कोको टोली जुम्ला पुगेको छ । सिक्नका लागि नागरिक सहभागिताको अभियान नामक कार्यक्रम बोकेर युनेस्कोको टोली जुम्ला पुगेको हो । जुम्लाको चन्दननाथ नगरपालिका शिक्षा शाखासँगको स्थानीय समन्वयमा नगरपालिकाका विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक संस्थासँग जिल्लाको विकास, समृद्धि, सभ्यता, संस्कारसहितको जीवन रुपान्तरण  गर्ने  शिक्षाका बारेमा प्रशिक्षण […]

जुम्लाका दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

रासस। जुम्लाका चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्न चाहने एक–एक जना विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने भएका छन्। दुवै स्थानीय तहले कोभिडको पहिलो र दोस्रो महामारीले निकै प्रभावित भएसँगै चिकित्सकको अभाव झेल्नुपरेकाले यो कार्यक्रम ल्याइएको बताएका छन्। ‘शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार र रोजगार हाम्रो सरोकार’ भन्ने मूल नारासहित यो कार्यक्रम सार्वजनिक गरिएको हो।

उज्यालो नगर र फोहोर व्यवस्थापनमा चन्दननाथ

जिल्ला : जुम्लाप्रदेशः कर्णालीस्थानीय तह: चन्दननाथ नगरपालिकामेयरः कान्तिका सेजुवालउपमेयर: अप्सरादेवी न्यौपाने (महत))प्रमुख प्रशासकीय अधिकृतः तीर्थराज पौडेलबजेटः ४५ करोडवडा संख्याः १०क्षेत्रफलः १०२.०४ वर्ग किमि मेरो पालिकाजुम्लाको चन्दननाथ नगरपालिका तत्कालीन कर्णाली अञ्चलकै पहिलो नगरपालिका हो । शिक्षा, स्वास्थ्य, रोजगार पूर्वाधार विकासमा बामे सर्दै गरेको नगरपालिकाले संघीयतापछि विकास निर्माणलाई गति दियो । सीमित स्रोतसाधनका बीच नागरिकका असीमित आवश्यकता […]

डाक्टर केसीको अवस्था गम्भीर, जीवन बचाउनू

काठमाडौं : चिकित्सा शिक्षा सुधारको लागि सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी अनशनरत डाक्टर गोविन्द केसीका जीवन बचाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई आग्रह गरेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनसन थालेका केसीको अवस्था काठमाडौं ल्याएपछ...

डा. केसी अनशनस्थलमै बिरामी जाँच्दै

जुम्ला- चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले अनसन स्थल मन्दिरमै बिरामी जाँच्न थालेका छन् । अनसन स्थल चन्दननाथ नगरपालिका ६ रानीचौरमा रहेको बाबिरा मष्टो मन्दिरको धर्मशालामै स्वास्थ्य जाँच गराउन बिरामी पुगेपछि डा. केसीले जाँच्न थालेका हुन् ।चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशन बसेका केसी माग पूरा नभएसम्म बरु […]