एमाले जुम्लाको घोषणापत्र : १२ कक्षासम्म नि:शुल्क शिक्षा, प्रत्येक वडामा बर्थिङ सेन्टर

स्थानीय निर्वाचन २०७९ लाई मध्यनजर गर्दै जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा नेकपा एमालले प्रतिaद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा कक्षा १२ सम्म नि:शुल्क शिक्षा र जिल्लाका प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने उल्लेख छ । नेकपा एमालेको जिल्ला पार्टी कार्यालय जुम्लामा पत्रकार सम्मेलन गर्दै चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका,तिला गाउँपालिकाले आफ्नो अनुकूलको घोषणापत्र सार्वजनिक गरेका थिए । उनीहरुका अधिकांश प्रतिबद्धता एकैनासका छन् ।