रत्नचुडेश्वर विद्यालयको बेथिति : एकदिने सूचना निकालेर लाइसेन्सबिनै शिक्षक नियुक्ति

जुम्ला : जिल्लाको चन्दननाथ नगरपालिका १० बोहोरा गाउँको श्री रत्नचुडेश्वर माध्यमिक विद्यालयले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा कानुन मिचेर शिक्षक भर्ना गरेको पाइएको छ।२०७९ चैत १५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेको अध्यक्षतामा बैठक बसी शिक्षक महेशकुमार नेपाली जगदीश न्यौपाने र कविन्द्र रोकायाले विभिन्न समयमा दिएका राजीनामा स्वीकृत भएको छ।त्यही दिनको बैठकमा राजीनामा स्वीकृत भएको जानकारी शिक्षा विकास तथा समन्वय इकाइ जुम्लामा गराउने निर्णय पनि गरेको छ।तीन