उज्यालो नगर र फोहोर व्यवस्थापनमा चन्दननाथ

जिल्ला : जुम्लाप्रदेशः कर्णालीस्थानीय तह: चन्दननाथ नगरपालिकामेयरः कान्तिका सेजुवालउपमेयर: अप्सरादेवी न्यौपाने (महत))प्रमुख प्रशासकीय अधिकृतः तीर्थराज पौडेलबजेटः ४५ करोडवडा संख्याः १०क्षेत्रफलः १०२.०४ वर्ग किमि मेरो पालिकाजुम्लाको चन्दननाथ नगरपालिका तत्कालीन कर्णाली अञ्चलकै पहिलो नगरपालिका हो । शिक्षा, स्वास्थ्य, रोजगार पूर्वाधार विकासमा बामे सर्दै गरेको नगरपालिकाले संघीयतापछि विकास निर्माणलाई गति दियो । सीमित स्रोतसाधनका बीच नागरिकका असीमित आवश्यकता […]

सम्बन्धित सामग्री

बंगुरको फोहोरलाई मोहोर बनाउँदै व्यवसायी

जुम्ला सदरमुकामस्थित साविक कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापनको हालसम्म पहल गर्न सकेको छैन ।वर्षौदेखि फोहोर व्यवस्थापन मुख्य ऐजेण्डा बन्दै आएपनि हालसम्म फोहोरको उचित व्यवस्थापन नहुँदा बजार दुर्गन्धीत बन्दै गएको छ । तर जुम्लाका नमुना उद्यमी तथा राजनीतिककर्मी मनोज बुढाथोकी मगरले व्यावसायिक बंगुर पालन गरेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् । आर्थिक समृद्धि, […]

नगरको बजेट हरेक वर्ष फोहोर व्यवस्थापन खर्च, प्रगति शुन्य

जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका फोहोरी नगरपालिकाको रुपमा चिनिन थालेको छ । हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन प्राथमिकतामा पर्छ, तर नगरपालिका स्वच्छ र सफा हुन सक्दैन । अहिले पनि  नगरक्षेत्रको फोहोर उठाइएको छैन । फोहोर व्यवस्थापन दिगो रुपमा अगाडि बढ्न सकेको छैन। जताततै फोहोर थुप्रिँदा बजार दुर्गन्धित बढेको  छ । नगरपालिकाले समयमै फोहोर उठाउन  नसक्दा समस्या झन् जटिल बन्दै गएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा जम्मा पारिदिँदा पनि समस्या बढ

बजार सरसफाइमा जुटे जुम्लाका विद्यार्थी र युवा

जुम्ला- जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन् । मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बाेडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् । सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी […]

फोहोर व्यवस्थापनमा जुट्दै चन्दननाथ

फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिका गुनासो खेप्दै आएको छ । स्मार्ट सिटी बनाउने योजनासहित निर्वाचनमा होमिएर जितेकी मेयर कान्तिका सेजुवाल, सुन्दर हरियाली नगर बनाउने एजेण्डासहित उपमेयरमा जितेकी अप्सरादेवी न्यौपानेलगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रुपमा गर्न सकेनन् ।मेयर उपमेयरको विवाद, कर्मचारी नटिक्ने, नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका […]

तीन महिनादेखि फोहोर नउठाएपछि युवाहरूले नगरपालिकाको गेटमै थुपारिदिए

जुम्ला : जुम्लाको मुटु मानिने चन्दननाथ नगरपालिकाको फोहोर तीन महिनादेखि उठेको छैन। एकातिर कोरोना महामारी र अर्कातिर चोक-चोकमा थन्किएको फोहोरले हैजा फलिने खतरा भएपछि स्थानीयवासी त्रासमा छन्‍। महामारी फैलिएको बेला नगरपालिकाले फोहोर व्यवस्थापन नगरको भन्दै युवाहरूले जुम्ला बजारको फोहोर उठाएर नगरपालिकाको मुल गेट...