नेपाली अटोमोबाइल्स व्यवसाय यतिखेर चरम सङ्कटमा गुज्रिरहेको छ । झन्डै १ वर्षदेखि सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध, एलसी मार्जिनमा कडाइ गरिनुका साथसाथै बैंकिङ कर्जाको ब्याजदर समेत तीव्र तर वृद्धिले समग्र अटो बजार नै धराशायी बन्न पुगेको हो । गत वैशाख १३ गतेदेखि सरकारले कार, जिप, भ्यान सहित १५० सिसी इन्जिन क्षमतामाथिका दुई पाङ्ग्रे मोटरसाइकल, स्कुटरको आयातमा पूर्णतः प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध हालसम्म पनि कायमै रहेको । जसको प्रभाव ८ महिनायता नेपाली अटो व्यवसाय झन्डै ८० प्रतिशतले &ls