स्कटल्याण्डको यूरो कप फुटबल यात्रा समाप्त, क्रोएशिया अन्तिम १६ मा पुग्यो

स्कटल्याण्डको यूरो कप फुटबल २०२० को यात्रा समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा क्रोएशियाबाट हार बेहोर्दा स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको हो । समूह डी को गए राति अबेर सम्पन्न खेलमा क्रोएशियाले स्कटल्याण्डमाथि ३–१ को जित हात पारेको हो । ग्लासगोस्थित राष्ट्रिय रङशालामा सम्पन्न खेलमा दुबै टोलिका लागि नकआउट चरणमा प्रबेशको सम्भाबना जिवित राख्न जित आवश्यक थियो । पहिलो हाफसम्म १–१ को बराबरी खेलेपनि दोस्रो हाफमा क्रोएशियाले दुई गोल थप्दै स्कटल्याण्डमाथि जित सम्भब बनायो । १७ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै विश्वकप फुटबलका उपविजेता क्रोएशियालाई १–० को अग्रता दिलाउनुभयो ।

सम्बन्धित सामग्री

जर्मनीका मीडफिल्डर टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

जर्मनी यूरो कप फुटबल २०२० बाट बाहिरिएपछि टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । जर्मनीले यूरो कप फुटबलको अन्तिम १६ को खेलमा इंग्ल्याण्ड बिरुद्ध २–० को हार बेहोर्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । रियल मड्रिडका मीडफिल्डर ३१ वर्षीय क्रूजले जर्मनीको हारपछि सन्यासको घोषणा गर्नुभएको हो । सन् २०१० मा क्रूजले पहिलो पटक जर्मनीका लागि खेल्नुभएको थियो । जर्मनीले सन् २०१४ को विश्वकप फुटबल उचाल्दा क्रूज उक्त टोलिका सदस्य हुनुहुन्थ्यो ।

सङ्घर्षपूर्ण जितले इटालीलाई क्वार्टरफाइनलमा पुर्यायो

इटाली यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा उसले अष्ट्रियामाथि २–१ को जित हात पार्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सम्पन्न भएपछि इटालीलाई अष्ट्रियालाई हराउन अतिरिक्त समयको खाँचो पर्यो । अष्ट्रियाले भने आफ्नो प्रतिद्वन्दीलाई कडा चुनौती दिनुअघि पहिलो पटक यूरो कप फुटबलको नक आउट चरणमा प्रबेश पाएको थियो । मार्को अर्नौटोभिकले निर्धारित समयमा गर्नुभएको गोल म्याच रेफ्रीले अफसाइड दिएपछि इटालीलाई अष्ट्रियाले गोलरहित बराबरीमा रोक्न सफल भयो ।

डेनमार्क क्वार्टरफाइनलमा पुग्यो, वेल्स बाहिरियो

डेनमार्क यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ । डेनमार्कको ऐतिहासिक जितमा २७ औं मिनेटमा स्ट्राइकर कास्पर डोलबर्गले उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ४८ औं मिनेटमा उहाँले वेल्सका डिफेन्डर नेको विलियम्सको गलतीको फाइदा उठाउँदै गर्नुभएको प्रहार गोलमा परिणत भयो । वेल्स खेलमा पुनरागमन गर्ने कुनै सम्भाबना नदेखिदा जोकिम मेहलले डेनमार्कका लागि तेस्रो गोल थप्नुभयो । ९० औं मिनेटमा हयारी विल्सन रातो कार्ड पाउँदा वेल्स झनै निराश हुन पुग्यो ।

जर्मनीले अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने

जर्मनीले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ । समूह एफ को आफ्नो अन्तिम खेलमा हँगेरीसँग बराबरीमा रोकिदा जर्मनीको भेट इंग्ल्याण्डसँग सुनिश्चित भएको हो । गए राति अबेर सम्पन्न खेलमा जर्मनीलाई हँगेरीले २–२ को बराबरीमा रोक्यो । ११ औं मिनेटमा एडम सालईले हेडरमार्फत् गोल गर्दा हँगेरीले अग्रता कायम गर्दै जर्मनीलाई घरेलु मैदानमा स्तब्ध बनाउनुभयो । केई हर्भेजले ६६ औं मिनेटमा गोल फर्काउँदै जर्मनीलाई बराबरीको स्थितिमा ल्याउनुभयो । तर दुई मिनेट नबित्दै आन्द्रास स्काफेरको गोलले हँगेरीलाई पुनः अग्रता दिलायो । ८४ औं मिनेटमा जर्मनीका लियोन गोरेज्काले गोल थप्दा जर्मनीले खेल बराबरीमा रोक्न सफल भयो ।

पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोक्दै अन्तिम १६ मा पुग्यो

साबिक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोकेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई २–२ को बराबरीमा रोकेको हो । फ्रान्सलाई बराबरीमा रोकेसँगै पोर्चुगल समूहमा तेस्रो स्थानमा उक्लिदै यूरो कप फुटबलको अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । पोर्चुगलको बराबरीमा दुबै गोल क्रिष्टियानो रोनाल्डोले गर्नुभयो । फ्रान्सका लागि करिम बेञ्जिमाले दुबै गोल गर्नुभयो । ३० औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले पोर्चुगललाई १–० को अग्रता दिलाउनुभयो । बेञ्जिमाले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीको सदुपयोग गर्दै गोल गर्दा फ्रान्स खेलमा फर्किदै १–१ को बराबरीमा ल्यायो ।

इंग्ल्याण्ड नक आउट चरणमा पुग्यो, अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा स्थान बनायो

इंग्ल्याण्ड यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुगेको छ । समूह डी मा रहेको इंग्ल्याण्डले आज अन्तिम खेलमा शीर्ष स्थानको चेक रिपब्लिकको सामना गर्दैछ । समूह बी अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा बेल्जियमले फिनल्याण्डलाई हराउँदा इंग्ल्याण्ड अन्तिम १६ मा पुग्ने सुनिश्चित भएको हो । इंग्ल्याण्डले चेक रिपब्लिक बिरुद्ध जस्तो सुकै हार बेहोरेपनि तेस्रो स्थानको चार उत्कृष्ट टोलि अन्तिम १६ मा पुग्ने हुँदा इंग्ल्याण्ड ती मध्ये एक हुनेछन् । समूह डी मा इंग्ल्याण्ड र चेक रिपब्लिक दुबैको सामान चार अङ्क छ । इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।

रुसलाई ४ –१ ले हराउँदा डेनमार्क अन्तिम १६ मा पुग्यो

रुसलाई डेनमार्कले ४–१ ले हराएको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा डेनमार्कले जित हात पार्दा अन्तिम १६ का लागि छनोट भएको छ । डेनमार्क समूह बी को दोस्रो स्थानमा उक्लेको छ । सुरुको दुई खेलमध्ये दुबैमा हार बेहोरेर पूछारमा पुगेको डेनमार्कले रुसलाई हराएर महत्वपूर्ण तीन अङ्क जोड्दै दोस्रो स्थानमा उक्लेको छ । गोल अन्तरको आधारमा फिनल्याण्ड तेस्रो र रुस पूछारमा छन् । खेल अघि दोस्रो स्थानमा रहेको रुस हारसँगै पूछारमा पुग्यो । र ऊ प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

इटालीको अपराजित यात्रा जारी, वेल्सको अन्तिम १६ पुग्ने सम्भावना बलियो

यूरो कप फुटबल २०२० मा इटालीको अपराजित यात्रा जारी छ । गए राति अबेर सम्पन्न खेलमा इटालीले वेल्सलाई हराउँदै लिगको तीनमध्ये तीनै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको छ । इटाली यसअघि नै समूह ए को विजेता हुँदै यूरो कप फुटबलको अन्तिम १६ मा स्थान बनाइसकेको छ । समग्रमा इटालीको यो ३० औं अपराजित खेल रहन गयो ।

टर्की बाहिरियो, स्वीटजरल्याण्डको सम्भावना जीवितै

स्वीटजरल्याण्डले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुग्ने सम्भावना जीवित बनाएको छ । प्रतियोगिता अन्तर्गत गए राति अबेर सम्पन्न समूह ए को खेलमा स्वीटजरल्याण्डले टर्कीलाई हराएर सम्भाबना जीवित पारेको छ । टर्की भने लिगको तीन खेलमध्ये तीन वटैमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । समान चार अङ्क जोडेको वेल्स समूह ए को दोस्रो स्थानमा छ । स्वीटजरल्याण्डले तीन खेलमध्ये एकमा जित हात पार्दै चार अङ्क बटुलेपनि गोल अन्तरको आधारमा ऊ तेस्रो स्थानमा रह्यो । समूहगत् चरणको सबै खेल समाप्त भएपछि मात्रै अन्तिम १६ मा पुग्ने टोलिको निक्र्योल हुनेछ । तीन खेलमध्ये तीनैमा जित हात पारेको इटाली समूह ए बाट यसअघि नै अन्तिम १६ मा छनोट भइसकेको छ ।

अष्ट्रियालाई हराएर नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्यो

अष्ट्रियालाई हराएर नेदरल्याण्ड्स यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुगेको छ । जोहान क्रफ एरेनामा गए राति अबेर सम्पन्न खेलमा नेदरल्याण्ड्सले अष्ट्रियामाथि २–० को जित हात पार्यो । पछिल्लो दुई प्रमुख प्रतियोगितामा छनोट हुन नसकेको नेदरल्याण्ड्सले सन् २००८ पछि पहिलो पटक यूरोकप फुटबलको नकआउट चरणमा प्रवेश पाएको छ । नेदरल्याण्ड्स समूह सीमा रहेको छ । लगातार दुई खेलमा जित हात पारेको नेदरल्याण्ड्स समूह चरणमा एक खेल खेल्न बाँकी छँदै अन्तिम १६ मा पुगेको हो । नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा यूक्रेनलाई हराएको थियो । मेम्फिस डेपेले ११ औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाउनुभयो । डेपेले आफ्नो २७ औं गोल पुरा गर्नुभयो ।