रुसलाई ४ –१ ले हराउँदा डेनमार्क अन्तिम १६ मा पुग्यो

रुसलाई डेनमार्कले ४–१ ले हराएको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा डेनमार्कले जित हात पार्दा अन्तिम १६ का लागि छनोट भएको छ । डेनमार्क समूह बी को दोस्रो स्थानमा उक्लेको छ । सुरुको दुई खेलमध्ये दुबैमा हार बेहोरेर पूछारमा पुगेको डेनमार्कले रुसलाई हराएर महत्वपूर्ण तीन अङ्क जोड्दै दोस्रो स्थानमा उक्लेको छ । गोल अन्तरको आधारमा फिनल्याण्ड तेस्रो र रुस पूछारमा छन् । खेल अघि दोस्रो स्थानमा रहेको रुस हारसँगै पूछारमा पुग्यो । र ऊ प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

सम्बन्धित सामग्री

युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदै

काठमाण्डाै - युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह 'ए' को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह 'बी' को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो । समूह चरणका खेलमा डेनमार्कले रुसलाई हराएको थियो भने फिनल्यान्ड र बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित ...

युरोकप : रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा

डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।जित...

डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - डेनमार्क  युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । हिजो राति रुसलाई ४–१ गोलले हराउँदै डेनमार्क नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक/एक गोल गरे । रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह 'बी' बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

युरोकप फुटबलमा रुसको पहिलो जित

युरोकप फुटबल २०२० मा रुसले पहिलो जित हात पारेको छ । सेन्टपिट्र्सवर्गमा गए राति अबेर सम्पन्न खेलमा रुसले फिनल्याण्डलाई हराएको हो । फिनल्याण्डले यूरो कप फुटबलको आफ्नो पहिलो खेलमा गत् शनिबार डेनमार्कमाथि जित हात पारेको थियो । पहिलो हाफको अतिरिक्त समयमा रुसले गरेको एक मात्र गोल खेलको निर्णायक गोल रहन गयो । फिनिश डिफेन्डरहरुबाट घेरिएका अलेक्सी मिरानचुकले पहिलो हाफमा ‘इन्ज्युरी टाइम’को दोस्रो मिनेटमा गोल गर्दै रुसलाई १–० को अग्रता दिलाउनुभयो । फिनल्याण्डले रुसमाथि जित हात पारेको भए अन्तिम १६ मा स्थान सुनिश्चित गर्ने थियो । फिनल्याण्डले जोएल पोजनपालोको हेडरबाट अग्रता लिएको सोचिरहँदा म्याच रेफ्रीले अफसाइड दिन पुगे ।