डेनमार्क क्वार्टरफाइनलमा पुग्यो, वेल्स बाहिरियो

डेनमार्क यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ । डेनमार्कको ऐतिहासिक जितमा २७ औं मिनेटमा स्ट्राइकर कास्पर डोलबर्गले उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ४८ औं मिनेटमा उहाँले वेल्सका डिफेन्डर नेको विलियम्सको गलतीको फाइदा उठाउँदै गर्नुभएको प्रहार गोलमा परिणत भयो । वेल्स खेलमा पुनरागमन गर्ने कुनै सम्भाबना नदेखिदा जोकिम मेहलले डेनमार्कका लागि तेस्रो गोल थप्नुभयो । ९० औं मिनेटमा हयारी विल्सन रातो कार्ड पाउँदा वेल्स झनै निराश हुन पुग्यो ।

सम्बन्धित सामग्री

वेल्सलाई ४–० ले हराउँदै डेनमार्क युरोकपको क्वाटरफाइनलमा

काठमाडौं।वेल्समाथि ४–० को जित हात पार्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ। डेनमार्कको जितमा कास्पर डलबर्गले दुई गोल गरे भने जोवाकिम माएल र मार्टिन ब्राथवेटले एक एक गोल गरे। खेलको ९०औं मिनेटमा वेल्समा ह्यारी विल्सले रातो कार्ड पाएपछि अन्तिम केही मिनेट १० खेलाडीमा सीमित भएको थियो। डेनमार्क सन् २००४ पछि पहिलोपटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो। वेल्स गत युरोकपमा सेमिफाइनलसम्म पुगेको थियो।

वेल्सलाई हराउँदै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा

काठमाण्डाै - डेनमार्क युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे । डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । ...

डेनमार्क युरो कपको क्वाटरफाइनलमा, वेल्स ४-० गोलले पराजित

वेल्सलाई २-० गोलले पराजित गर्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ। प्रिक्वाटरफाइनलको खेलमा डेनमार्कले शनिबार वेल्सलाई ४-० गोलले हरायो। डेनिस टोलीको जितमा दुई गोल कास्पर डलबर्गले गरे। फ्रेन्च क्लब निसका लागि खेल्दै आएका यी २३ वर्षीय स्ट्राइकरले २७ र ४८ औँ मिनेटमा गोल गरेका थिए। ८८ औँ मिनेटमा जोवाकिम माएलले गोल गरेका थिए। ९० औँ मिनेटमा […]

युरोकपमा नकआउट चरणका खेल सुरु हुँदै

काठमाडाैं : १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ।नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ। आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्।वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राती पौने १० बजे सुरु हुनेछ। दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन्।वेल्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो। समूह चर

युरोकपका नकआउट चरणका खेल आजदेखि, वेल्स र डेनमार्क भिड्दै

१२ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । नकआउट चरण अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा आज वेल्स र डेनमार्क भिड्दैछन् । खेल नेदरल्याण्ड्सको आम्सटरडम एरेनामा नेपाली समयअनुसार राति …

युरो कपको अन्तिम १६ का खेल आजबाट सुरु हुँदै, आज दुई खेल

यूईएफए युरो कपमा आजबाट अन्तिम १६ का खेलहरु सुरु हुँदैछन्। नकआउट चरणमा आज दुई खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ए' को उपविजेता वेल्स र समूह बी को उपविजेता डेनमार्क प्रतिस्पर्धामा उत्रँदै छन्। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। समूह चरणमा वेल्सले तीन खेलमा १ जित, १ बराबरी…

आजबाट युरो कपको नकआउट चरण, वेल्स र डेनमार्क तथा अस्ट्रिया र इटालीबीच खेल हुँदै

युइएफए युरो २०२० मा शनिबारदेखि नकआउट चरणका खेल हुँदैछन्। शनिबार हुने दुई वटा खेलमा वेल्स र डेनमार्क तथा अस्ट्रिया र इटालीबीच खेल हुँदैछ।

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

युरोकपमा आज तीन वटा खेल, विश्वमै शीर्ष स्थानको बेल्जियमले रुससँग खेल्दै

काठमाण्डाै - युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्ड खेल्दैछन् । विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आजै राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुनेछ । विश्व वरीयताको शीर्ष स्थानमा रहेको  बेल्जियम र ३८ औं स्थानको रुसबीचको खेल रोमाञ्चक हुने अनुमान छ । गएरातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता ब...

युरोकपका दाबेदार टोली

आजको खेल वेल्स र स्विट्जरल्यान्ड ६:४५ साँझ डेनमार्क र फिनल्यान्ड ९:४५ राति बेल्जियम र रसिया १२:४५ मध्यराति ...              ... युरोपियन फुटबल प्रतियोगिता (युरोकप) सुरु भइसकेको छ । युरोपको ११ देशका...