जर्मनीका मीडफिल्डर टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

जर्मनी यूरो कप फुटबल २०२० बाट बाहिरिएपछि टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । जर्मनीले यूरो कप फुटबलको अन्तिम १६ को खेलमा इंग्ल्याण्ड बिरुद्ध २–० को हार बेहोर्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । रियल मड्रिडका मीडफिल्डर ३१ वर्षीय क्रूजले जर्मनीको हारपछि सन्यासको घोषणा गर्नुभएको हो । सन् २०१० मा क्रूजले पहिलो पटक जर्मनीका लागि खेल्नुभएको थियो । जर्मनीले सन् २०१४ को विश्वकप फुटबल उचाल्दा क्रूज उक्त टोलिका सदस्य हुनुहुन्थ्यो ।

सम्बन्धित सामग्री

फ्रान्सका फुटबलर करिम बेन्जेमाद्वारा सन्यास घोषणा

काठमाडौं । फ्रान्सका फुटबलर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । उनले आज आफ्नो जन्म दिनको अवसरमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सन्यासको घोषणा गरे । उनले लेखेका छन्, ‘मैले धेरै संघर्ष र गल्ती गरेको छु जसले मलाई यहाँसम्म ल्याइपुर्यायो जसका लागि म गर्व महसुस […]

हाजार्डले लिए सन्यास

कतार विश्वकपको समूहचरण नै पार गर्न असफल बेल्जियम फुटबलको ‘गोल्डेन जेनेरेसन’ का सदस्यमध्ये एक इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास लिएका छन्।...

विराज अनुशासित खेलाडी र राम्रो लिडर हो : भरत खवास

१८ चैत, काठमाडौं । विराज महर्जनले सोमबार थ्री नेसन्स कपको फाइनल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा उनीसँगै डेब्यु गरेका भरत खवासले भने बेन्चबाटै खेल हेरे । विराज र भरतको अनौठो संयोग छ । यी दुई खेलाडी डेब्यु गर्दा रुममेट थिए, १३ वर्ष संगै अन्तर्राष्ट्रिय फुटबल खेल्दा पनि रुममेट नै रहे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा स्वदेशमा […]

अन्तिम पटक इङ्लिस कप्तान बन्दै रुनी

इङ्लिस फुटबलर वायन रुनीलाई राष्ट्रिय टिमबाट अन्तिम पटक कप्तानको जिम्मेवारीसहित मैदानमा उतारिने भएको छ। देशका लागि कीर्तिमानी गोल गरेका इङ्लिस फवार्ड रुनीको बिदाइका लागि उनलाई समान स्वरूप कप्तानको जिम्मेवारी दिने तयारी इङ्लिस फुटबल एसोसिएसनले गरेको छ। ३३ वर्षे रुनीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन् २०१७ मा सन्यास लि...

मेस्सीले अर्जेन्टिनाबाट फुटबल नखेल्ने

अर्जेन्टिनाका स्टार फुटबल खलाडी लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका छन् । तर यसलाई उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको भने मान्न नसकिने बताइएको छ । अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भने मेस्सी खेल्ने छैनन् । अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभजले मेस्सीको पछिल्ल...