साबिक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोकेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई २–२ को बराबरीमा रोकेको हो ।
फ्रान्सलाई बराबरीमा रोकेसँगै पोर्चुगल समूहमा तेस्रो स्थानमा उक्लिदै यूरो कप फुटबलको अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । पोर्चुगलको बराबरीमा दुबै गोल क्रिष्टियानो रोनाल्डोले गर्नुभयो । फ्रान्सका लागि करिम बेञ्जिमाले दुबै गोल गर्नुभयो । ३० औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले पोर्चुगललाई १–० को अग्रता दिलाउनुभयो । बेञ्जिमाले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीको सदुपयोग गर्दै गोल गर्दा फ्रान्स खेलमा फर्किदै १–१ को बराबरीमा ल्यायो ।